पर्वत, असार-१९, शुक्रबारको तुलनामा शनिबार गण्डकीमा कोरोना संक्रमणको दर घटेको छ । शनिबार गण्डकीमा १७३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार १ हजार १८६ जनामा गरिएको नमुना परीक्षण गर्दा ३७९ जनामा कोरोना पुष्टि भएको थियो भने आज १ हजार तीन जनामा गरिएको नमुना परीक्षणमा १७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति मा जनाइएकोछ ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्की ५७ जना, तनहुँका २१ जना, गोरखाका पाँच जना, लमजुङका एक जना, नवलपुरका ४५ जना र स्याङ्गजाका १९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका तीन जना, बागलुङका चार जना र म्याग्दीका १८ जनाको परीक्षणमा दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ६५४ पुगेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )