पर्वत, असार-१८, गण्डकीमा शुक्रबार थप ३७९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार १ हजार १८६ जनामा गरिएको नमुना परीक्षणमा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका १९४ जना, तनहुँका ४४ जना, गोरखाका ९ जना, लमजुङका १४ जना, नवलपुरका ४६ जना र स्याङ्गजाका १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका १० जना, बागलुङका २७ जना म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ११६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )