जतिबेला हामीले यस्ता कुरा सुन्थ्यौं अचम्म मान्ने गर्थ्यौ । कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन धेरै पहिला नै गरेका थिए । परिस्थिति यस्तो आउन सक्छ भनेर उनीहरुले यसको अभ्यास गरेका हुन सक्छन या प्रभाकारी सिकाइको लागी तर अहिले हामीलाई कोरोना महामारीले दुर-शिक्षा, अनलाइन शिक्षाको आवश्यकता महसुस गराईदियो र जसको भरपर्दो बिकल्प पनि कुनै छैन ।
कोरोना महामारी सुरुभएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा “अनलाइन” माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो । अभिभावक, शिक्षक र विद्यार्थी शुरुको अवस्थामा अन्योलमै थिए । तयारी विना नै अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा केही समस्याहरु देखिएका थिए र कतिपय समस्या अझै पनि छन् । कोरोनाका कारण गएको वर्ष जस्तै यो वर्ष पनि सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिसकेका छन् । अघिल्लो बर्षको अनलाइन कक्षाको अनुभवले यसलाई कसरि प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञान भएको निजि विद्यालयले बताएका छन् ।
यस्तै चुनौती र ब्यापक प्रतिक्रिया र टिप्पणी का बावजुत पनि विद्यार्थीहरुलाई सिकाइ प्रक्रिया र विद्यालयसंग जोडिरहन विद्यालय र शिक्षकले विद्यार्थीप्रतिको जिम्मेवारीलाइ हृदयंगम गर्सदै अनलाइन कक्षा शुरु गरिएका थिए र सम्भव पनि बनाइएको थियो ।
त्यसो त नलाइन कक्षामा समस्या नभएका भने होइनन। धेरै समस्या छन् समस्याले नै नया उपाय खोज्न सिकाउने रहेछ । खासगरी साना नानिबाबुहरुलाई समस्या छ । माथिल्ला कक्षामा पढ्ने विद्यार्थी आफैँ अहिलेको प्रविधिमा पोख्त छन् । उनीहरूलाई अनलाइन कक्षा लिन कुनै महाभारत पर्दैन । त्यहीँ, साना कक्षामा पढ्ने विद्यार्थीहरू, जसलाई फेसबुक, गुगल मीट, या जुम एप नै नौलो लागिरहेको हुन्छ तर अभिभावकले सहजीकरण गरिदिने हो भने खासै समस्या आउँदैन ।
आर्थिक र प्राविधिक रुपमा खासै समस्या नभएका र अभिभावकले सहजीकरण गरिदिएको अवस्थामा अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा खासै समस्या हुँदैन । तर एउटै घरमा तीन, चार जना बालबालिकाले अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने अवस्थामा भने समस्या आउन सक्छ । मानसिक रुपमा तनाव हुन सक्छ । अझ साना बालबालिकालाई अभिभावकले सँगै बसेर भिडियो अन, अफ, माइक म्युट, अनम्युट गरिदिनुपर्दा झनै समस्या हुन्छ ।
लामो समय ल्यापटप वा मोबाइलमा एकोहोरो हेर्दा आँखामा समस्या आउन सक्छ । तर अनलाइन कक्षा लिएकै कारण बालबालिकाको स्वास्थ्यमा त्यति ठूलो असर पारेको भने पाइँदैन भनेर विज्ञहरु बताउछन । अनलाइन माध्यमबाट बालबालिकालाई पढाउँदा उनीहरुमा मानसिक समस्या नहोस् भन्नका लागि पढाइको शैली परिवर्तन गर्नु एकदमै आवश्यक हुन्छ । रमाइलो तरिकाले बालबालिकाको सिकाइ अगाडि बढाउनुपर्छ ।
कोरोना संक्रमणको असर यतिखेर सबै क्षेत्रमा परेको छ । गत वर्ष कोरोनाले एक्कासि गरेको क्षति कसैले पनि सम्हाल्न सक्ने अवस्था थिएन । तयारी गर्न र संक्रमणले पारेको ग्यापलाई भर्न मिल्ने समयमा पनि न त सरकारले चासो दियो न त आम व्यक्तिलाई चासो भयो । यसरी दोश्रो लहरले झन् भयावह अवस्था ल्याइदियो । अन्य क्षेत्रमा जति नोक्सान पुर्याएको छ, त्यो भन्दा ज्यादा नोक्सान कोरोना महामारीले हाम्रो देशको शिक्षा क्षेत्रमा पुर्याएको छ, शिक्षा क्षेत्रलाई तहसनहस पारिसकेको छ । अवस्था यस्तै रहेमा राम्रो जनशक्ति उत्पादनमा हामीलाई अहिले मात्र नभएर भविष्यमा पनि निकै ठूलो क्षति पुर्याउने निश्चित छ । कोरोनाका कारण स्कुल बन्द भएर पठनपाठन ठप्प भएको अवस्थामा अनलाइन माध्यमबाट पढाउनु अहिलेको बाध्यात्मक परिस्थिती हो ।अन्य भरपर्दो विकल्प नरहेको अवस्थामा यसलाई उपयोग गर्दै हाम्रा नानिबाबुलाई जोगाउनु हाम्रो दायित्व हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )