पोखरा, असार-१३, पोखरामा विषालु च्याउ खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएका छन् । पोखरा महानगरपालिका वडा नंवर ३३ पूंडी स्थित धारापानी सामुदायिक बनबाट नाम नखुलेको च्याउ घरमा ल्याएर खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएको प्रहरी नायव उपारिक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो ।
बेहोस हुनेमा सोही स्थान निवासी ४५ वर्षीय गोठे पुन, श्रीमती ४० वर्षीया लिला पुन, १३ वर्षीय छोरा पूर्ण पुन, १० वर्षीया छोरी बिनिता पुन, ८ वर्षीया छोरी अस्मिता पुन, ६ वर्षिया छोरी माया पुन र छिमेकी ५२ वर्षीया गौमाया पुन रहेका छन् ।
उनीहरु सबैको अहिले पश्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ भने, घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )