काठमाण्डौ, असार- ११, काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । अहिले वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
पानी परेका ठाउँहरुमा शीतल भएको छ । हिजो अस्ति पानी नपर्दा काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा गर्मी बढेको थियो । मौसमविद्का अनुसार काठमाण्डौ उपत्यकामा अहिले पानी परे पनि फेरि रोकिएर मौसम खुल्ने सम्भावना छ । मनसुन केही कमजोर भएकाले अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । कुनै मौसमी प्रणाली नभित्रिएसम्म नेपालमा अबको तीन चार दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो ।
अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही दिन पानी कम पर्ने अनुमान छ । तर, मनसुन कमजोर भए पनि बर्खाको समय भएकाले खण्डवृष्टि हुने मौसमविद्ले बताएका छन् । खण्डवृष्टिमा कुनै एक ठाउँमा पानी नपरे पनि त्यो नजिकै भने पानी पर्ने हुन्छ । यस्तो बेला एकै पटक ठूलो पानी धर्कने र रोकिने सम्भावना पनि हुन्छ । यसले गर्दा पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । उज्यालो अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )