पर्वत, असार-५, शनिबार गण्डकीमा थप ३४६ जनाकोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२६ जनामा गरिएको नमुना परीक्षणमा ३४६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिमा जनाइएको छ ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२० जना, तनहुँका ८८ जना, लमजुङका २२ जना, नवलपुरका ३२ जना र स्याङ्गजाका ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका आठ जना, बागलुङका २५ जना र म्याग्दीका ११ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, शनिबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की पोखरा -१७ का ४९ वर्षीया महिला, स्याङ्गजा पुतलीबजार नगरपालिका -१ का ८० वर्षीय वृद्ध, म्याग्दी अन्नपूर्ण गाउँपालिका -३ का ५० वर्षीय पुरुष, बागलुङ बडिगाड गाउँपालिका -६ की २६ वर्षीया महिला र तनहुँ भानु नगरपालिका -३ का ७० वर्षीय वृद्ध छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )