काठमाडौँ, असार-४, नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ ।
ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।
वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल-झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको बताइएको छ ।
यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङले बताए ।
स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।
सागरमाथा डेलीबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )