पर्वत, असार-४, शुक्रबार गण्डकीमा थप १८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा १८४ जना संक्रमित थपिएका हुन् । १ हजार १२४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८१ जना, तनहुँका २८ जना, लमजुङका एक जना, नवलपुरका २७ जना र स्याङ्गजाका दुई जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका २६ जना, बागलुङका १८ जना र म्याग्दीका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी शुक्रबार पुनः गण्डकीमा मृतकको संख्यामा वृद्धि भएको छ । विज्ञप्ति अनुसार आज गण्डकीमा ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, म्याग्दीका तीन जना, बागलुङका एक जना, तनहुँका एक जना, नवलपुरका एक जना र गोरखा जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८७६ पुगेको निर्देशनालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )