म्याग्दी, असार-१, पहिरोका कारण बेनी दरवांग सडक अबरुद्द भएको छ ।बेनी दर्बाङ सडक खण्ड अन्तरगत पर्ने तातोपानि फापरखेतमा पहिरोले बाटो बन्द भएको हो । तिन दिन देखि परेको अविरल बर्षा र गत रातिको भारि बर्षाका कारण आएको बाढीले बेनि दर्बाङ सडक खण्ड अन्तरगत पर्ने तातोपानि फापरखेतको बाटो बन्द भएको छ ।
मंगला गाउँपालिका र बेनी नगरपालिका-४ को सिमानामा पर्ने फापरखेताको बाटो बगाउदा मान्छे हिड्न पनि नमिल्ने भएको छ । यसले गर्दा हुदा धोैलागिरि, मालिका र मंगला गाउपालिका नागरिकहरु आवत जावत गर्न समेत कठिन हुने र बिरामी ल्याउन-लैजान गाह्रो भएको बेनी नगरपालिका सिंगाका कुमार केसीले जानाकारी गराउनु भएको छ । उहाँले बाटो खुलाउने तर्फ सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको छ । “माथिबाट ढुंगा र पहिरो निरन्तर झरिरहेकोले अवस्था झनै खतरा देखियको छ” उहाँले बताउनु भयो । सामान्य काम तातोपानी कुण्ड युवा क्लवले गरिरहेको भए पनि बाटो खुलाउन सम्बन्धित पक्षलाइ जानाकारीका साथ अनुरोध गरिएको उहाँले बताउनु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )