पर्वत, जेठ-३०, विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म बुझाइसक्नु पर्ने भएको छ । देशभरका माध्यमिक विद्यालयहरुलाइ सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा नतिजा पठाउनु राष्ट्रिय परीक्षा बोर्डले निर्देशन गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन निर्देशन गरेको छ समन्वय इकाइले भने आवश्यक रुजु गरी असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।
कोरोना महामारीको दोश्रो लहरका कारण भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले गत वर्ष झैँ विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने बताउनु भएको छ । नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइएको छ । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले अधिकार विषय शिक्षकलाई दिएको उहाँले बताउनु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )