पर्वत, जेठ-३०,
जेठ २८ गते भित्रिएको मनसुन सक्रिय बहस संगै यो हप्ताभरि पानि पर्ने मौसमविद्ले बताएका छन् । मंससुन सक्रिय भएका कारण देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। अहिले प्रदेश-१ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको छ ।
अवको एक/दुई दिनभित्रै देशभरको मौसम बद्ली भइ हल्कादेखि ठूलो पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो । यो हप्ता सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र पश्चिम तराईका जिल्लाका केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य ठाउँमा भने सामान्यदेखि हल्का वर्षा हुनेछ ।
मनसुनी वायुको प्रभावका अहिले गण्डकी, लुम्बिनीको तराईका जिल्ला र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले दिउँसो पनि देशभरको मौसम बद्ली रहने बताउनु भएको छ । यस्तै, राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । अहिले देशभरको मौसम बद्ली भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )