स्वादिलो रसिलो सुन्तलाको पकेट क्षेत्र मानिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान यतिबेला चिन्तामा परेका छन् । अन्य ठाउँको भन्दा केहिपछी यहाँको सुन्तला पाक्ने र धेरै पछी सम्म बोटमा रहने सुन्तला माघको पहिलो/दोश्रो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी हुन्थ्यो तर अहिले सुन्तला त्यो समय भन्दा पहिला नै बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।
देब्रे र उत्तरी मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । सिधा घाम नपर्ने र देब्रे जगामा भएकोले यहाँको सुन्तला मिठो हुने बताइन्छ । यहाँको सुन्तला माघ शुरु भएपछि मात्रै पाक्ने गर्छ । यसपटक भने पाक्ने बेला नहुदै पहेँलो हुँदै झर्न थालेपछि किसान चिन्तित बनेका छन । अगुवा किसान जगतबहादुर खत्रीका अनुसार समय भन्दा पहिले नै पहेँलो हुदै झर्दै गरेकोछ, कोट्याएर हेर्दा भित्र औंस्या किरा छन् । अत्यधिक बर्षाका कारण यस्तो भएको हुन सक्छ अघिल्लो बर्ष अमिलोमा यस्तो समस्या देखिने गर्थ्यो तर यो बर्ष सुन्तलामा किरा लागेर झरेको हो असोज महिना देखि नै कतिपय बोटमा झर्न थालेको हो ।
प्रति परिवार ५ देखि ६ लाख सम्म सुन्तला बिक्रीबाट आम्दानि गर्ने गरेका बास्खर्क र तल्लो भेग बिरमारेका कृषकहरु यो बर्ष भने आम्दानि घट्ने कुराले चिन्तित छन् । धान फल्ने खेत मासेर सुन्तला लगाएका अधिकांश कृषकहरु यसरि सुन्तला झार्न थालेपछी सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको अवस्था सुनाउदछन । स्याहार-सुसार मल, काटछाट गर्दा वर्षभरि धेरै लगानी हुने गर्छ । लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटोपनि बन्द हुने अवस्था आएको कृषकहरु बताउदछन ।
हरेक वर्बाँष सखर्कमा साढे तीन करोडसम्मको सुन्तला उत्पादन भै बिक्री हुने गर्दछ । यहाँको सुन्सुतला चितवन बिराट नगर सम्म पुग्ने गर्दछ ग्राहक खोज्न कतै गइ रहनु पर्दैन सुन्तला पाक्ने सिजन शुरु हुनु पुर्व नै सुन्तलाको बगान र बोट नै खरिद गर्न यहाँ आइपुग्ने गर्दछन उत्पपादन र बजारीकरणलाइ व्यवस्थित गर्न सुन्तला उत्पादक कृषकको अग्रसरतामा बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर देशब्यापी वितरण गर्ने गर्दछ र त्यसको केहि प्रतिशतआम्दानीले सहकारीको खर्च धानिएको छ । अहिले बास्खर्कका आसपासका क्षेत्र माझफाट पुर्नागाउ, नेपाने लगायतका क्षेत्रमा धान खेति नगरी सुन्तलाका बिरुवा धेरै नै लगाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )