पर्वत, जेठ-२९, विश्वकप फुटबल छनोट अन्तर्गत अष्ट्रेलियासंग भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पराजित भएको छ ।आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको हो । कुवेतको जाबेर अल अहमद मैदानमा गएराति भएको खेलमा १० खेलाडीमा सीमित नेपालले अस्ट्रेलियासंग ३–० गोलको हार व्यहोरेको हो ।
सुरुदेखि नै अस्ट्रेलियाले नेपाललाई दबाबमा राखेको थियो ४५ औं मिनेटमा रातो कार्ड पाउँदै नेपालका रोहित चन्द मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।
नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेर उत्कृष्ट प्रदर्शन गरेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )