पर्वत, जेठ-२७, गण्डकी प्रदेश सभामा दिपक मनांगे विश्वासको मत दिने कार्यमा उपस्थित भएनन् । उनि उपस्थित नभएपछी अपहरणको हल्ला चलेको थियो तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम चलिरहँदा उनकै सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) मास्क, स्यानीटाइजर र पीपीई प्रदान व्यस्त थिए । आफ्नै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने मनाङे मनाङ्ग समाज पोखरालाई स्वास्थ्य सामग्री बाँड्न व्यस्त थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जनामात्रै सहभागी थिए । मुख्यमन्त्रीलाई विश्वासको मतदान दिने पक्षमा २७ सांसदले मतदान गरे । त्यस्तै विपक्षमा ३० सांसदले मतदान गरे । मनाङबाट निर्वाचित मनाङे भने प्रदेश सभामा उपस्थित भएनन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )