पर्वत, जेठ-२२, शनिबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५९० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत पर्वतका १९ जना, बाग्लुङका १२४ जना र म्याग्दी जिल्लाका ३१ जना कास्कीका ८५ जना, तनहुँका ३० जना, गोरखाका ७२ जना, लमजुङका ५० जना, नवलपुरका १२१ जना र स्याङ्गजाका ३४ जना छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट ५२३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ।
शनिबार पनि गण्डकीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना,तनहुँका एक जना, गोरखाका एक जना, लमजुङका तीन जना, पर्वतका एक जना, बागलुङका एक जना र म्याग्दीका एक जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४८ पुगेको निर्देशनालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )