पर्वत, जेठ-१७, लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका दिर्घ नारायण पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खड्काले ३६१२ मतभार पाए । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले पदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । एमाले छाडेर कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।
उपनिर्वाचनमा पराजित भएका खड्का नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेता हुन् । २३ फागुनको सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि खड्काले एमालेमा प्रवेश गरेका थिए ।
एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेपछि खड्का पदमुक्त भएका थिए । पदमुक्त भएपछि भएको उपनिर्वाचनमा एमालेले माओवादी छाडेर आएकै खड्कालाई उम्मेदवार बनाएको थियो ।
निर्वाचनमा स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा उपस्थित भएनन् ।
शिलापत्र अनलाइनको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )