पर्वत, जेठ-१२, पर्बतमा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा पर्बतका ११९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना छन् । यस्तै, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ। संक्रमित संख्या धेरै देखिए पनि संक्रमितको नमुना बिगत १ हप्ता देखि संकलन भएको हो ।
त्यस्तै बिहीबार पनि गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )