पर्वत, जेठ-१२, जलजला गाउँपालिका वडा नं ५ मा कोरोना संक्रमितको अवस्था बुझ्न घरदैलो गरिएको छ । गाउँपालिका वडा नं ५ लेखफाँट मा काेराेना पाेजेटिभभइ होम आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न घरघरै पुगिएको वडाध्यक्ष तिलक बहादुर जिसीले बताउनु भएको छ ।
लेखफाँटमा बुधबार सम्म १६ जना सक्रिय संक्रमित रहेका छन् । वडाध्यक्ष जिसीका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ । संक्रमितहरुको अवस्था बुझ्न लेखफाँट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु पनि संगै रहेको र उहाँले स्वास्थ्य सल्लाह प्रदान गर्नु भएको थियो ।
अध्यक्ष जिसीसंगै संक्रमितको अवस्था बुझ्न र सचेतनाका लागी लेखफाँट प्रहरी चौकीका इन्चार्ज, जिल्ला समन्वय समितिका सदस्य ओम रेग्मी, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार, युवा संघ लेखफाँटका सदस्य समेत सहभागी हुनुभएको थियो । अध्यक्ष सहितको टोलीले कोहि कसैलाई समस्या भए तुरुन्तै खबर गर्न अनुरोध गरेको छ ।
अध्यक्ष जिसीले आफ्नो तर्फबाट गर्ने सहयाेगमा कुनै कमि आउन नदिने प्रतिबद्दतापनि ब्यक्त गर्नु भएको छ । “गत बर्षको कोरोना महामारीका बेला जस्तै यस वर्षपनि वडाको तर्फबाट र आफ्नो तर्फबाट गर्ने सहयाेगमा कुनै कमि आउन दिन्न, कुनै अफ्ठेरो परे तुरुन्त खबर गर्नु ” उहाँले भन्नु भयो ।
कोरोना संक्रमणका कारण अहिले सम्म लेखफाँटका ३ जनाको ज्यान गएको छ । २ जनाको पोखरामा र १ जनाको धौलागिरि अस्पताल बाग्लुंगमा उपचारको क्रममा ज्यान गएको हो । उहाँहरु बसाइसराइ गरि पोखरामा बस्दै आउनु भएको वडाकार्यालय लेखफाँटले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )