तिलु शर्मा पौडेल, दोहा कतार, कतारमा एकजना नेपालीको मृत्यु भएको छ । म्याग्दीका निर प्रसाद कामीको गत बिहिबार हृदयघातका कारण मृत्यु भएको हो । घर जाने परिवार र बाल बच्चासँग बिदा मनाएर फेरि कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको छ । म्याग्दीको मालिका गाउँपालिका-५ रुन्माका ४३ वर्षीय कामी विगत आठ वर्षदेखि एक स्थानीय कम्पनीमा कार्यरत थिए ।
काम गरेर फर्के पछी आफु बस्ने डेरामा सुतिरहेकै अवस्थामा उनि मृत भेटिएका थिए । कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको पुष्टि भएको छ । उनको मृत्युको बारेमा कम्पनीका एक अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका थिए ।
दूतावास पुगेर मृतकले पाउनु पर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि उनको शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको छ । बाँकी प्रक्रिया पूरागरी उनको शव नेपाल पठाइने नेपाली नियोगका दित्तीय सचिव भुवन भट्टले जानकारी दिएका छन् ।
कोरोनाका महामारीका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका कारण शव पठाउने दिन एकिन हुन् सकेको छैन । कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुग्नु पुगेकाछन । परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने फगामीले बताउनु भएकाे छ । मृतकको शव लिएर घरसम्म पुराइदिन आवश्यक कागजपत्र पनि नियोगले पूरा गरिदिने बताइएकाे छ । मृतक कामीका श्रीमती सहित २ छोरा छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )