पर्बत, जेठ-१०, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपा (एमाले) बाट २३ जना पूर्व सांसदले रिटपत्रमा हस्ताक्षर गरेका छन् । उक्त रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।
यसअघि नेपाल पक्षमा रहनुभएका गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, गणेशकुमार पहाडी, पवित्रा निरौला खरेलले रिटपत्रमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँहरु मूल पार्टी एमालेमा फर्किने तयारी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकले फर्कन चाहने नेताहरुलाई अन्तिम समयसम्म अवसर दिइने निर्णय गरेको छ ।
यसअघि २७ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिए पनि अहिले २३ जनाले हस्ताक्षर गरेका छन् ।आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकले थप कारवाहीको निर्णय गर्ने बताइएको छ । त्यस्तै, मूलघरमा फर्कने नेताहरुलाई उचित स्थान दिने विषयमा पनि छलफल हुने बताइएको छ ।
नेकपा एमालेलाइ विभाजनको अवस्थामा लैजान नहुनेमा योगेस भट्टराइ लगायतका नेताले अझै पनि गृहकार्य गरिरहेका छन् । असन्तुष्टि र बिरोध पार्टी भित्रै पनि गर्न सकिने बताउदै उहाँहरुले नेपाल-खनाल पक्षामा हस्ताक्षर गर्न नमान्नु भएको हो ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना पूर्व सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबारसम्म स्पष्टीकरण पेश गर्ने समय दिइएको भएपनि सो पक्षका पूर्व सांसदले स्पष्टीकरण पेश नगर्ने बताएका छन् । पूर्व सांसद मेटमणी चौधरीले स्पष्टीकरण पेश नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )