पोखरा, जेठ-८, नेपाल विद्यार्थी संघ कास्कीले पोखरामा मशाल जलुस निकालेको छ ।राष्ट्रपतिले मध्यरातमा गरेको संसद् विघटनको विरुद्धमा पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मसाल जुलुस निकालेको हो।
राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संबिधान विपरीत कदम चालेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय अगाडी मसाल जुलुस प्रर्दसनी गरेको हो । जुलुशमा विद्यार्थीसंघले राष्ट्रपति विरुद्ध नारावाजी समेत गरेका छन् ।
जुलुशमा नेविसंघ केन्द्रिय सदस्य सरोज केसी,भानु ढकाल, नेपाल दलित विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका पुर्वअध्यक्ष विकास गुरुङ लगायतको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )