काठमाडौँ ,जेठ-७, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दिएको म्याद सकिन केही घण्टा मात्रै बाँकी छँदा कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव)पक्षको संयुक्त बैठकपछि देउवाले प्रधानमन्त्रीको लागि दाबी गर्ने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । सोही समयभित्र दाबी बुझाउन जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेता राष्ट्रपति कार्यालय गएका छन् ।
देउवालाई एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले पनि साथ दिने सहमति भएको छ । स्रोतका अनुसार देउवालाई १४९ जना सांसदले प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन् । सोही हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय गएका हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )