काठमाडौँ, जेठ-७, भारतमा आएको ताउ-ते आँधीको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । नेपालका पश्चिमी क्षेत्रमा धेरै पानी परेको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको जल तथा मौसम विभागले जनाएको छ ।
कतै थोरै र कतै भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश-१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश-२ का थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो । सुदूरपश्चिम, वाग्मती, प्रदेश-१ र २ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आजराति प्रदेश-१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )