पर्वत, जेठ-६, पर्बत जिल्लामा कोरोना संक्रमीतको उपचारका लागि वेडहरु खाली रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार कोरोना संक्रमीतको उपचारका लागि तयार पारीएका मध्ये ७७ वेड खाली रहेका छन्
स्थानीय तह र जिल्ला अस्पतालमा गरेर जम्मा १ सय ९ वटा वेड रहेको र ति मध्ये ३२ वटा बेडमा मात्र विरामीले अहिले उपचार गरीरहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकी ७७ वटा वेड अझै पनि खाली रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले जानकारी दिनुभयो ।
प्रशासन कार्यालयका अनुसार जलजलामा १७ बेड मध्ये १४ वेड, मोदी गाउँपालिकामा २० वटा बेड मध्ये १९ बेड विहादीमा ६ मध्ये ५ वेड फलेवासमा कुल १५ शैयामा १३ शैया, महाशिलामा १३ वटा बेड मध्ये ५ वटा बेड, पैयूमा ७ वटा बेड रहेपनि अझैसम्म कुनै पनि विरामी भर्ना भएका छैनन् ।
जिल्ला अस्पताल कुश्मा भने ३१ वटा बेड मध्ये १४ वटा बेडमा विरामी नै भर्ना भएका छैनन् । अहिले १७ वटा बेडमा मात्र विरामी रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )