पर्वत, जेठ-६, गएको २ हप्तामा पर्वत जिल्लामा कोरोना संक्रमणको दर भने ब्यापक रुपमा बढेको छ । संक्रमण पुष्टि भए लगतै जिल्लाको सदरमुकाममा सवै पसल तथा सवारी साधनहरु बन्द गरियो । त्यसको एक साता भित्रै पुनः जिल्लालाई नै निषेधाज्ञा सहितको लकडाउनको अवस्थामा पुराइएको छ ।
जिल्ला सदरमुकाम कुश्मा बजारमा लकडाउन सरहको निषेधाज्ञाको आज १९ औं दिन पुग्यो तैपनि यो अवधिमा प्रत्येक दिन मृत्यु दर पनि बढिरहेको देखिन्छ भने संक्रमणको दर पनि बढिरहेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार ‘निषेधाज्ञा अघिको संक्रमीत अहिले भेटिएका हुन ।’ गौतमले २ साता अघि नै संक्रमीत भएकाहरुको संक्रमण र मृत्यु अहिले पुष्टि भएको हुनसक्ने उहांको भनाई छ । केहि दिन मै यो दर घटेर जान सक्ने डा. गौतमको भनाई छ ।
‘डाक्टर गौतमले भन्नु भयो ‘परिक्षण र मृत्यु दर पुरानै हो, मानिसको जनघट अहिले घटेर गएको छ, त्यसले संक्रमण फैलन पाएको छैन ।’
बजार क्षेत्र बन्द छ भने, विद्यालय तथा सरकारी कार्यालय र होटल रेष्टुरेन्टहरु सवै बन्द नै छन् तर यस्तो अवस्थामा संक्रमण ह्वातै घट्नको सट्टा झन् बढिमा संक्रमण पुष्टि भइरहेको छ । ग्रामीण क्षेत्रको जन जीवन अझै पनि सामन्य अवस्थामै रहेका कारण पनि संक्रमण अझै फैलिरहेको स्वास्थ्यकर्मीहरुको निश्कर्ष देखिन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )