पर्वत, जेठ-५, कोरोना संक्रमणबाट पर्वतमा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार बुधवार ५ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कुश्मा नगरपालिका वडा न ६ का ६० बर्षिया पुरुषको पर्वत अस्पतालमा मृत्यु भएको छ । यसैगरी मोदी गाउँपालिका वडा न २ का ७८ बर्षिया महिलाको घरमै, विहादी गाउँपालिका वडा न ३ का ५७ बर्षिया पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी कुश्मा नगरपालिका वडा न ९ का ५७ बर्षिया कोरोना संक्रमीत पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
निर्देशनायले आज जारी गरेको विज्ञप्ति अनुसार जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६० बर्षिया महिलाको पनि निधन भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )