पर्बत, जेठ-५, पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ। त्यस्तै गण्डकीमा आज ६८८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६९७ जनामा गरिएको नमुना परीक्षणमा थप ६८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा सबै भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । आज कास्कीमा १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना छन् ।
यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ। जसमा ९ हजार २७१ सक्रिय संक्रमित छन् । त्यस्तै बुधबार गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि भएको छ । एकैदिन मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । आज मृत्यु पुष्टि हुनेमा कास्की सहित पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र म्याग्दी जिल्लाका ५ जना छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )