पर्वत, जेठ-३, पर्बत जिल्लामा कोरोना संक्रमणबाट मर्नेको संख्या प्रत्येक दिन बढिरहेको छ । प्रति दिन शुन्य मृत्यु दर रहेको पर्वतमा विगत १ हप्तामा प्रत्येक दिन कम्तिमा १ जनाको दरले मृत्यु भइरहेको छ । आज सार्वजनिक भएको तथ्यांकमा पर्वत जिल्लामा ३ जनाको मृत्यु देखिएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार जिल्लामा वितेको २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा कुश्मा नगरपालिका वडा न ३ का ८२ बर्षिया पुरुष रहेका छन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी कुश्मा नगरपालिका वडा न ५ का ६४ बर्षिया संक्रमीत महिलाको पनि उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको छ । यसैगरी फलेवास नगरपालिका वडा न ६ का ४८ बर्षिया पुरुषको पनि संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
योसंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २१ पुगेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )