पर्वत, जेठ-३, सोमबार गण्डकी प्रदेशमा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत म्याग्दी जिल्लाका ८४ कास्कीका सबैभन्दा धेरै ४०८ जना, दोश्रोमा नवलपुरका १४२ जना छन् त्यसैगरी तनहुँका २३ जना, मनाङका पाँच जना, लमजुङका ७९ जना,स्याङ्गजाका ३५ जना, पर्वतका २१ जना, बाग्लुङका ६२ जना जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ९६८ पुगेको छ। पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )