म्याग्दी, जेठ-२, गङ्गा जिसी फाउन्डेसनले बेनीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार नगरपालिकाका १,२,३,४,५,६,९ र १० वडामा जनप्रतिनिधि मार्फत स्वास्थ्य सामग्री वितरण गरेको हो ।
सो सामाग्री गङ्गा जिसी फाउन्डेसन र सुदिप रावल मेमोरियल ट्रष्टका तर्फबाट नारायण जिसी र सन्तोष रावलले संयुक्त रुपमा वितरण गर्नु भएको हो ।
कोरोना महामारीको यो विपत्तिमा संक्रमित र बिरामीको उपचार लगायतको कर्ममा जुटिरहेको फाउनडेसनले स्व.सुदिप मेमोरियल ट्रस्टसंगको सहकार्यमा सनिवार एक कार्यक्रमका वीच जनप्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गरेको फाउनडेसनका अध्यक्ष्य नारायण जिसीले जानकारी दिनुभएको छ ।
कोरोनाको दोश्रो लहर फैलिए संगै म्याग्दी जिल्लामा तिब्र रुपमा संक्रमित बढिरहेका छन् यस अवस्थामा विभिन्न संघ संस्था र व्यक्तिले स्वास्थ्य सामग्री सहयोग गर्ने सचेतना फैलाउने गरेका छन ।
धेरै जसो सहयोग र यस्ता कार्यक्रम बजार केन्द्रित हुने गरेकोमा जिसी फाउन्डेसनले ग्रामिण क्षेत्रमा पुगेर सामाग्री वितरण गरेको हो । नगरपालिकामा बसोबास गर्ने अधिकांश डेवालाहरु अहिले निषेधाज्ञा पछी आफ्नो थातथलो फर्किएको अवस्थामा ग्रामिण क्षेत्रमा यो कार्यक्रमले राम्रो प्रभाव पारेको जनप्रतिनिधिले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )