पर्बत, बैशाख-३१, कोरोनाको कारण स्थगन गरिएको २०७७को SEE परीक्षाबारे चाडै नै निर्णय गरिने भएको छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताउनु भएको छ । गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । यस वर्ष अपनाइने ढाचाको बारेमा चाडै नै निष्कर्षमा पुगिने उहाँले बताउनुभयो
मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताउनुभयो । शिक्षा मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मालगायतले कार्यालयमा स्वागत गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )