पर्बत, बैशाख -२७, कोभिडअस्पातल बेनीका लागी अक्सिजन कन्सन्ट्रेट मेसिन खरिद गरिने भएको छ । कोरोनाको दोस्रो लहरले आक्रान्त भैरहेको यो बिषम परिस्थितिमा बेनी नगरपालिकाका कोरोनाका बिरामीहरुलाइ अक्सिजनको अभाव नहोस भन्नका लागी सो मेसिन खरिद गर्न लागिएको हो ।
बेनी नगरपालिकाका मेयर उप-मेयर वडा-अध्यक्षहरु कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरुको मासिक सुविधाको ५० प्रतिशत रकम र नगरपालिकाका सबै कर्मचारीको तर्फबाट ऐच्छिक रकम जम्मा गरि कन्सन्ट्रेट मेसिन खरिद गरिने बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभएको छ ।
अक्सिजन कन्सन्ट्रेट मेसिन बिजुली जोडेर अक्सिजन उत्पादन गर्ने मसीन हो भने यसको मूल्य नेपालमा ८० हजार देखि १ लाख सम्म पर्ने बताइएको छ । बिधुतका माध्यम बाट अक्सिजन उत्पादन हुने र शिलिण्डरको झण्झट नहुने हुन्छ ।
नयाँ भेरिएन्टको कोरोनाका कारण अक्सिजन लेभल धेरै घट्ने र मृत्यु हुने गरेको छ ।अहिले देशभरका अस्पतालमा अक्सिजनको अभाव भैरहेको अवस्थामा म्याग्दीको कोभिड अस्पतलामा त्यस्तो अवस्था नआओस भन्नका लागी मेसिन खरिद गर्न लागिएको प्रबक्ता बराइलीले बताउनु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )