पर्बत, बैशाख-२८, गण्डकी प्रदेशमा विपक्षी गठबन्धन सरकार बनाउन असफल भएको छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले सहयोग नगरेपछि सरकार बनाउन असफल भएको हो । जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने भएको जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभएको छ ।
जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए । अब गण्डकीमा फेरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै दोहिरिने संकेत देखिएको छ ।
बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गर्नु भएको थियो । अन्तिम समय सम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।
माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताउनुभयो ।
गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो । जनमोर्चाका कृष्ण थापाले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )