पर्बत, बैशाख-२८, भारतमा नदी किनारमा सयौंको शव फेला परेको छ । गङ्गा नदीकिनारमा कम्तीमा एक सय जनाको शव भेटिएको जनाईएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान गरिएको छ ।
तर उत्तर प्रदेश सरकारले भने त्यति धेरै संख्यामा शव नभेटिएको तर ति शवको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । स्थानीयबासिन्दाले भने नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु आइरहेका बेला यसरी शव फेला परेका हुन् । अन्तिम संस्कार गर्न समस्या भएकोले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलाइकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।
केही दिनदेखि भारतमा दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा केहि कमि आएको छ । गएको २४ घन्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै केहि दिन देखिको मृत्युपनि चार हजारबाट घटेर गत २४ घन्टामा तीन हजार आठ सय ७९ जनामा पुगेको भारतीय संचार माध्यले जनाएका छन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )