जलजला, बैशाख-२७, पर्बतको जलजला गाउँपालिकामा ५ बेडको कोरोना अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ८ फर्सेमा अक्सिजन सहितको ५ सैय्याको कोरोना अस्थाई अस्पताल स्थापाना गरिएको हो ।
फर्से स्थित सामुदायिक स्वास्थ्य केन्द्रको भवनामा सो अपताल स्थापना गरिएको हो । अहिले सो अस्थाई अस्पतालमा जलजला गाउँपालिका वडा नं १ का एक जना कोरोना संक्रमित महिलाको उपचाररत हुनुहुन्छ । स्वास्थ्यकर्मीलाई आवासको लागी नजिकै रहेको शिव माध्यमिक विद्यालयमा आवासको ब्यबस्था गरिएको छ ।
जलजलामा कोरोना संक्रमणको दर तिब्र रहेकोले संक्रमितलाइ उपचारको लागी समस्या नहोस भनेर अक्सिजन सहितको बेड स्थापना गरिएको हो । अहिले बिरामी ल्याउन लैजान एउटा गाडी तयारी अवस्थामा राखिएको कोरोना अस्थाई अस्पतालक ब्यबस्थापनमा खटिइरहनुभएका इन्द्रप्रसाद शर्माले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाका कोरोना संक्रमितलाई ओसारपोसार गर्न गाउँपालिका प्रमुख र उप प्रमुखले आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न प्रदान गर्नु भएको छ । अहिले ति गाडीहरु पालिकाको कार्यालय लामखेतामा तयारी अवस्थामा रहेको सूचना अधिकारी लिलाधर सुबेदीले बताउनुभयो । गाउन्पालिका प्रमुख र वडा अध्यक्षहरु अहिले कोरोना संक्रमण न्यूनीकरण गर्न टोलटोलमा प्रचार प्रसार र जुट्नु भएको छ । जलजलामा कोरोना संक्रमण को दर तिब्र रहेकोले आज वडामा लक्षण देखिएका व्यक्तिको स्वाब संकंलन गरिदैछ । गाउँपालिकाको वडा नं २, ३, ४, ७ र ८ मा निषेधाज्ञा समेत जारी गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )