पर्बत जिल्लाको जलजला गाउँपालिकाको ५ लेकफाँट र ६ शालीजामा फैलीएको कालञ्जर पहाड (हम्पाल) को जलजला क्षेत्र हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको पाइन्छ। यहाँबाट अन्नपुर्ण , धौलागिरी लगाएत निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा विभिन्न हिमशृङखला, त्यसैगरी, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्ला साथै सुर्योदय, सुर्यास्त र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिने यो स्थान पर्वतको सबैभन्दा उच्च स्थान, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्दछ।
जलजला अन्नपुर्ण संरक्षण क्षेत्र समिपमा अवस्थित ऐतिहासिक, धार्मिक, पर्यटकीय र जैवीक बिबिधताले एक पर्यटकीय गन्तब्य हो। यस क्षेत्रमा ३८ प्रजातिका अर्किड र नौ प्रजातिहरूका लालीगुराँसहरु पाइने बताएकोछ। वरपर लालीगुराँस र अर्किडको जंगलको बीचमा रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट छ। यस क्षेत्रको जंगलमा निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने साथै , चितुवा, भालु, मृग, घोरल, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षी पनि पाहिने यो समथर घाँसे क्षेत्र भएकोले वरपराका गाउँले हरुका गाईबस्तु यहाँ चरनको लागि पनि छाडिने पहिलेदेखि को चलन पनि छ।
यस क्षेत्रको धार्मिक महत्त्वपनि उत्तिकै रहेको छ । कालञ्जर (हम्पाल) को जलजला क्षेत्र हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको पाइन्छ। हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामणयको उल्लेख, मातातिर्थ औसीका दिन दिवंगत बुवा आमाको श्राद्ध गर्न जलजलामा जाने चलन लगाएत यसै क्षेत्र देखि अलिकति तल रहेको शिर्पू मा फुतुंगे महाराज भनिने महान योगी को आश्रमको जिर्णअवस्था समेत देख्न सकिन्छ।
विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न सकेमा यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने देखिन्छ धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।
मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा.जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ ।
समुन्द्रि सतहदेखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । हिउँदमा हिंमपात र वर्षतमा हरियालीसंगै बसन्त को अन्तिम सम्म पनि सेतो र रातो लालीगुराँसले शुसज्जित जलजला को सिमसार क्षेत्र लाई कास्की को नयाँपुल तिर बग्ने भाग मा बाँध बाँधेर तलाउ बनाउने विषयमा सम्भाव्यता अध्ययन गरि तलाउ बनाएमा जलजलालाई थप आकर्षक पर्यटकीय गन्तब्य स्थल बनाउन सकिन्छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )