पर्बत, बैशाख-१६, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो अस्तिको तुलनामा संक्रमितको डर आज कम रहेको छ आज पोखरा महानगरपालिकाका ७९ जनासहित प्रदेशका अन्य जिल्लामा गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएका मध्ये कास्की जिल्लाको पोखरा महानगरपालिकाका ७९ जना, नवलपुर पूर्वका १५ जना, बाग्लुङका ४ जना, तनहुँका ५ जना र लमजुङका २ जनारहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी स्याङ्जाका ४ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र पर्वतका १ जनामा संक्रमण देखिएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दुको भनाइ छ । योसँगै आजसम्म प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८ हजार ३७१ जना पुगेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )