कास्की, बैशाख-१५, गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकामा १ सय ४९ सहित गण्डकी प्रदेशमा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नयाँ सङ्क्रमित मध्ये कास्कीमा सबैभन्दा धेरै १ सय ७३ जना रहेका छन् । त्यसै गरी स्याङजाका ४१ जना, बागलुङका १७ जना, पर्वतका ५ जना, तनहुँका ७ जना, म्याग्दीका ११ जना, गोरखाका ४६ जना , नवलपरासी पूर्वका ७ जना र मुस्ताङका १ जनामा कोरोना भाइरस देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जनाउनुभएको छ । यो सँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५१ पुगेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )