पर्वत, वैशाख-९, नेकपा एमाले माधव समुहले जलजलामा भेला सम्पन गरेको छ ।देशैभरे समानान्तर कमिटि निर्माणको अभियान प्रारम्भ गरेको माधव समूह पर्वतमा कमजोर देखिएपनि जलजलाको मिलनचोकमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।
नेपाल समूहले निर्माण गरेका समानान्तर कमिटिहरुमा कार्यकर्ताको कुनै आकर्षण नदेखिएको माधव इतर पक्षले जनाएको छ । यो समूहले विहिवार मात्रै जिल्लामै पहिलो पल्ट जलजला गाउँपालिकामा अगुवा कार्यकर्ता भेला गरेको हो । प्रतिगमनको बिरुद्दमा जनचेतना जगाउदै केपी ओलीलाइ सच्चिन आवस्यक रहेको र पार्टीलाई विभाजन तर्फ हैन एकताबद्द बनाउन यो समुहले दवाव दिदै आएको नेता चन्द्रबहादुर लामिछानेले बताउनुभयो ।
माधव समूहका जिल्ला अध्यक्ष भक्त कुँवरको अगुवाईमा भएको भेलामा जिल्लाबाट सहभागी ६ जना अतिथि सहित १२ जनाको सहभागीता देखिएको छ । भेलामा नेताहरु अनुशासन आयोगका केन्द्रिय सदस्य गणेश पौडेल, एमालेका पूर्व सचिव मोति पौडेल पूर्व उप सचिव उदय सुवेदी, पूर्व क्षेत्रीय अध्यक्ष शान्त पौडेल सहभागी थिए । जलजला मिलनचोक स्थित एक रेस्टुरेन्टमा भएको भेलाले गाउँपालिका स्तरीय कमिटि निर्माण गरेको जनाएको छ ।
माधव समूहले केहि समय अघि जिल्लामा अध्यक्ष भक्त कुँवर र सचिवमा पदमपाणी शर्मालाई समानान्तर कमिटिमा चयन गरेको घोषणा गरेको थियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )