बागलुङ, बैसाख-७, बाग्लुङ्गको एक विद्यालयका ३९ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार र सोमबार नियमित कक्षा संचालन गरेको बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गरेको थियो जसमा ३९ जनामा संक्रमण पष्टि भएको हो ।कोरोना पुष्टि भएकालाई घर घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा रहन भनिएको छ । तर विद्यालयमा संगै पढ्ने अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी नभएको बताइएको छ । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले १४ जिल्ला अन्तर्गत बाग्लुंग जिल्लालाई सोखिम जिल्ला घोषणा गर्दै विद्यालय नजान भनेको थियो । तर हिजो भएको मन्त्रिपरिषको निर्णय अनुसार बाग्लुग जिल्ला बन्द गर्ने सुचिमा छैन ।
कोरोना तिब्र रुपमा फैलन थालेपछी अभिभावक अन्योलमा परेका छन् भने नगरपालिकाले विद्यालय बन्द गर्ने कुनै निर्णय गरेको छैन । नगर शिक्षा अधिकारी डण्डपाणी शर्माका अनुसार मन्त्रिपरिषद्को निर्णयले समेत बाग्लुंगलाइ सम्बोधन नगरेकोले विद्यालय खोल्ने निष्कर्षमा पुगेको बताएका छन् । अभिभावकले भने संक्रमण बढेपछि विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )