पर्बत, वैशाख-६, पर्वत जिल्लामा सरकारले घोषणा गरेको कोरोनाको दोस्रो खोप (डोज) वैशाख ७ गते देखि ९ गतेसम्म लगाईने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार वैशाख ७ गते देखि ३ दिनसम्म दोस्रो डोजको खोप लगाइने भएको हो । पहिलो चरणको खोपमा सहभागी भएका स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार, कर्मचारी तथा जनप्रतिनिधिले दोस्रो खोप लगाउन सक्नेछन् ।
दोस्रो खोप लगाउनका लागि सदरमुकामको जिल्ला अस्पताल वा आफूलाई पायक पर्ने खोप केन्द्रमा सम्पर्क गर्न सक्ने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । खोप लगाउनका लागि आफूसग भएको खोप कार्ड अनिवार्य रुपमा लिएर खोपकेन्द्रमा जान कार्यालयले अनुरोध समेत गरेकोछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )