गण्डकी/पोखरा, बैसाख-६, गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको बैठकले चैते दशैंको अवसरमा वैशाख ७ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश राजपत्रमा उल्लेख भएअनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले उल्लेख गर्नुभएको छ ।
चैते दशैंसँगै प्रदेश सरकारले २०७८ सालमा थप ५ दिन चाडपर्व पारेर बिदा दिने निर्णय गरेको हो । इदुल फित्र पर्ने दिन इद, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा बिदा दिने निर्णय भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )