धनगढ़ी, बैसाख ४- नेकपा एमालेका नेता भीम रावलले अदालतले ब्युताइदिएको नेकपा एमाले पार्टी फुट्न सक्ने बताएका छन्। धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दे पार्टी फुट्न सक्ने बताएका हुन्।
आफुले पाटी विभाजन गर्न नखोजेको तर केपी ओलीले पार्टीलाई विभाजन तर्फ धकेलिरहेको उनले आरोप लगाए । सम्बोधनकै क्रममा उनले आफुहरु पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका तर भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्ने बताए । उनले कार्यकर्ताहरुलाई पार्टी विभाजनको संघारमा पुगेको र त्यसका लागी तयार रहन अनुरोध समेत गरेका छन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )