धनगढी, चैत ३०- टिकटक बनाउन कर्णाली नदीमा हामफाल्दा एक व्यक्ति बेपत्ता भएका छन् ।शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–२ का १८ वर्षीय सञ्जय खड्का टिकटक बनाउन कर्णाली पुलबाट हाम फालेका थिए । उनीसंगै अन्य ८ जना पनि कर्णाली पुगेका थिए । कक्षा १० मा पढ्ने ८ जना युवा १७ वर्षीय बिरेन्द्र सिंह, १८ वर्षीय लोकेश प्याकुरेल र खड्काले कर्णाली पुलबाट नदीमा हाम फालेका हुन् । खड्का आइतबार बिहानसम्म पनि बेपत्ता छन् ।
कर्प्याणालीमा हाम फालेका कुरेल घाइते भएर नेपालगञ्जमा उपचार गराइरहेका छन् भने सिंह सकुशल छन् । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार ज्यान जोखिममा राखेर अहिले टिकटकमा भाइरल हुन कर्णालीको पुलबाट नदीमा युवाहरू हाम फाल्ने गरेका छन् । कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले दैनिक रूपमा युवाहरूलाई सम्झाउँदै आएको तर युवाहरुले अटेरी गर्दै ज्यान नै जोखिममा राखेर पुलबाट कर्णालीमा हाम फाल्ने गरेको बताउदछन् ।प्रहरीका अनुसार कर्णालीमा बेपत्ता भएका खड्काको खोजीका लागि अहिले सशस्त्र प्रहरीको गोताखोर टिम घटनास्थलमा पुगेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )