म्याग्दी, चैत २८ वेष्ट पोइन्ट कलेजमा छैठौं आइबी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा गठित इन्फ़्लुएन्सियल् ब्याचलर क्लव (IB) को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता चैत २६ गते बिहिबार देखि शुरु भइ २८ गते शनिबार छैठौं संस्करणको प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा कक्षा ११ देखि बिबिएसमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यसैगरी पुर्व विद्यार्थीहरुको दुई टिम पनि सहभागी थियो । ५ ए साइड खेलिएको खेलको शनिबार बिहान भएको फाइनल प्रतियोगितामा कक्षा ११ सेक्सन बि को टिमलाई हराउदै बिबिएस प्रथम बर्षको MF ग्रुपले छैटौं IB कप को उपाधि जितेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा १ लाइ ०-१ फोल ले हराउदै BBS MF ग्रुपले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम द्वितीय हुने टिमलाई क्रमस १० हजार र ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, बिबिएसका इश्वर सेन्चुरी बेस्ट प्लेयर बिबिएस कै लेनिन गर्बुजा सर्वाधिक गोलकर्ता कक्षा ११ सेक्सन सी का मनिष श्रेष्ठ इमर्जिंग प्लेयर कक्लाषा ११ सेक्सन बि का दिप्सन बुढाथोकीलाइ नगद र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा खेलका अफिसियल रेफ्रीहरुलाई सम्मान गरिएको छ ।
खेल समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि वेष्ट पोइन्ट फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, बिशेस अतिथि म्याग्दी जेसिसका कार्यकारी उपाध्यक्ष सन्दिप खत्रीले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि हरिकृष्ण श्रेष्ठ, बिशेस अतिथि सन्दिप खत्री, कलेजका प्रमुख डीबी दाहालले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु, क्लवका संस्थापक अध्यक्ष दिलिप राम्जाली, पुर्व अध्यक्ष किरण कार्की, निबर्तमान अध्यक्ष दिनेश कुमार बिश्वकर्माको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा आइबीले हालै सम्पन्न भएको पत्रकार महासंघ म्याग्दीको निर्वाचनमा बिजयी सहसचिव प्रमोद शर्मा, सदस्यहरु सुदर्शन कुमार श्रेष्ठ र कृष्ण जिसीलाई सम्मान गरेको छ । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी पुर्व विद्यार्थी सलाई अध्यक्ष सज्जन श्रेष्ठले धन्यबाद दिएका छन् ।
क्लवका वर्ष २०२१ का अध्यक्ष सज्जन श्रेष्ठको अध्यक्षता, भाइस प्रेसिडेन्ट फियोना पुनको स्वागत र सचिव निरुता बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको आइबी क्लवले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )