म्याग्दी, चैत २५, पत्रकार महासंघ म्याग्दीमा मतदान कार्य सकिएको छ । निर्वाचनमा ९३.६ प्रतिसत मत खसेको हो। जिल्लामा रहेका कुल ६२ मध्ये ४ जना अनुपस्थित रहेको पत्रकार महासंघ म्याग्दीले जनाएको छ । कुल २२ पदका लागी भएको निर्वाचनमा प्रेस चौतारीको एक प्यानल र प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी कै एक समूहको एक प्यानल गरि दुइ प्यानल बीच कडा प्रतिस्पर्धा भएको हो ।
अन्तिम सम्म सहमतिको प्रयास गरे पनि सहमति हुन नसके पछी अन्तत निर्बाचनमा जानु परेको दुवै तर्फका उमेदबारहरुले बताएका छन् ।
निर्बाचनमा दुवै तर्फको मिश्रित नतिजा आउन सक्ने प्यानलका उम्नेद्बारहरुले बताएका छन् । आफ्नै किसिमका अड्कल बाजी भएपनि अन्तिम मत परिणाम आउदा सम्म नतिजा कुर्नु पर्ने देखिन्छ । अत्यन्तै कडा प्रतिस्पर्धा भएकोले १-२ मतको अन्तर हुदै निर्यय आउन सक्ने देखिन्छ ।
कर्मचारी मिलन केन्द्रको भवन म्याग्दीमा भएको निर्वाचनमा कुल ३ वटा बुथ स्थापना गरी मतदान सम्पन्न भएको हो । प्रदेश केन्द्र र जिल्लाको लागी एकैसाथ मतदान गर्नु पर्ने भएकोले मतदातालाई मतदान गर्न निकै लामो समय लागेको निर्वाचनमा खटिएका सुरत केसी र निर्मल खत्रीले बताउनु भएकोछ ।
अहिले मत पेटिका जिल्ला समन्वय समितिको कार्यालयमा पुर्याई गणनाको तयारी गरिएको निर्वाचन अधिकृत दिपक कार्कीले बताउनु भयो । अहिले बैठक बसिरहेको र सम्भबत छिट्टै गणना शुरु गरि बेलुकी सम्म नतिजा प्रकाशन गर्ने निर्वाचन मण्डलले जलजला अनलाइनलाई बताएको छ ।
आज देशैभरी जिल्ला प्रदेश र केन्द्रीय कार्यसमितिका लागी निर्वाचन भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )