चैत्र २४,
पोखरामा मंगलबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा पोखरा ३३ प्रगति मार्गका २३ वर्षीय विशाल रायमाझीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार मंगलबार दिउसो १ :३० बजे उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको जीएमसी हस्पिटल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )