चैत्र २४, कोरोना भाइरस संक्रमण वृद्धि र भारतबाट आएकामा नयाँ प्रजाति (भेरियन्ट) को संक्रमण देखिएसँगै कैलालीमा मास्क लगाउन अनिवार्य गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्ने निर्णय गरेको हो ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहेको बेला त्यहाँ रहेका नेपाली हजारको संख्यामा पश्चिमी नाकाबाट स्वदेश फर्किरहेका छन् । भारतबाट फर्किरहेका व्यक्तिका कारण संक्रमणको उच्च जोखिम रहेकाले नाकामा प्रभावकारी रूपमा स्वास्थ्य परीक्षणका लागि सामाजिक विकास मन्त्रालयलाई गुहार्ने केन्द्रले निर्णय गरेको छ ।
गौरीफन्टा नाकामा नेपाल–भारत दुवै देशले मिलेर जोखिम न्यूनीकरणको पहल गर्ने निर्णय गरिएको छ । भारतबाट फर्किनेहरुमा संक्रमण पनि बढ्दो छ । त्यहाँबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोनासमेत फेला परिसकेको छ । यसैगरी, होम आइसोलेसन र होम क्वारेन्टाइनलाई उच्च प्राथमिकता दिने केन्द्रले निर्णय गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )