चैत २३, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान प्रविधिका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । ११ विधामा विभाजित गरेर नास्टले पुरस्कारको घोषणा गरेको हो । नास्टकाे ४४ औँ प्राज्ञसभाले यस्ताे निर्णय गरेकाे हाे ।
नास्टले प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष (डब्लडब्लुएफ), कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । विज्ञान पुरस्कार ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सीप्लिनरी स्टडिजका उत्तमबाबु श्रेष्ठलाई र प्रविधि पुरस्कार टेकु अस्पतालका डा. शेरबहादुर पुनलाई दिइएको छ ।
विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनाले पाएका छन्, जसमा इन्जिनियरिङ युनिभर्सल कलेजका डा. भेषबहादुर थापा, शिखर बायोटिककी सुनीता गौतम, कृषि अनुसन्धान निर्देशनालयका डा. आनन्द मिश्र, हिकास्टाकी डा. अनुपमा श्रेष्ठ र रिकास्टका डा. सागर रेग्मी छन् ।
त्यस्तै विज्ञान तथा प्रविधि महिला पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी डा. रेश्मा तुलाधलाई दिइएको छ । प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्धन पुरस्कारबाट नेपाल विज्ञान शिक्षक समाज र नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्ध्वा पुरस्कृत भएको नास्टले जनाएको छ ।
विज्ञान तथा प्रविधि पुरस्कार पत्रकार गोविन्दप्रसाद पोखरेललाई दिइएको छ भने दयानन्त बज्राचार्य अनुसन्धान पुरस्कार काठमाडौं विश्वविद्यालयकी मीरा खड्का र त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्रदीपकुमार चौधरीले पाएका छन् । फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका दीपेश दुवेले हात पारेका छन् । विज्ञान शिक्षक पुरस्कार काठमाडौंस्थित ज्ञानोदय माविका नातिकाजी महर्जनलाई दिइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )