म्याग्दी, २२ चैत, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नयाँ नेतृत्वका लागी दुई समुहको उम्मेद्वारी दर्ता भएको छ । चैत २५ गते हुने निर्बाचनका लागी आईतबार दुइवटा प्यानलको तर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आईतबार प्रकाश पौडेलको समूह र ठाकुप्रसाद आचार्य समुहले उम्मेद्वारी दर्ता गराएका छन् ।
पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा समिर रोका मगर, कोषाध्यक्षमा अमित विश्वकर्मा खुल्ला सदस्यमा सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, नजरानासिहँ ठकुरी, प्रतिक्षा खत्री सिजन रोका, शिव बोहोरा, सन्दिप शर्मा रिजाल प्रतिस्पधी उम्मेद्वारी रहेको छ ।
आचार्य समुहबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन घर्ति (राम्जाली) कोषाध्यक्षमा रोकेश शर्मा, सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, जेनिशा पुरी, पदम विश्वकर्मा, हिमबहादुर छन्त्यालको उम्मेद्वारी दर्ता छ ।
त्यस्तै महासंघको पदाधिकारीमा स्वतन्त्रबाट जनजाती सदस्यमा सुर्दशनकुमार श्रेष्ठ र खुल्ला सदस्यमा गोपाल रेग्मीले उम्मेद्वारी दर्ता भएको छ ।
अन्तिम समय सम्म सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछी अन्तत चुनावी प्रक्रियामा जानु परेको दुवै प्यानलले जिकिर गरेका छन् । निकै पेचिलो चुनावका रुपमा हेरिएको यो निर्वाचनबाट चयन हुने नयाँ कार्यसमितिका लागी श्रमजीवी पत्रकारको अधिकार, अक्षयकोष स्थापना लगायतका मुद्दा सम्बोधन गर्नुपर्नेछ ।
यसै वर्ष छिमेकि जिल्ला बाग्लुंग र अघिल्लो बर्ष पर्बतले देशभरमै उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरिसकेको अवस्थामा आउने कार्यसमितिले म्याग्दी शाखालाई स्थापित गराउनु पर्ने जिम्मेवारी छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )